नेपाल सरकारको ३५ अर्ब रुपैयाँको विकास ऋणपत्र सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्काशन गरेका विभिन्न ३ वटा विकास ऋणपत्रको ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा १५ अर्ब रुपैयाँको २०८४ ‘छ’ विकास ऋणपत्र सूचीकृत भएको छ । बैंकको उक्त ऋणपत्रको अवधि ५ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्काशन गरेका विभिन्न ३ वटा विकास ऋणपत्रको ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा १५ अर्ब रुपैयाँको २०८४ ‘छ’ विकास ऋणपत्र सूचीकृत भएको छ । बैंकको उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको छ भने ९.१९ प्रतिशत रहेको छ ।

त्यस्तै, १५ अर्ब रुपैयाँको २०८४ ‘ज’ विकास ऋणपत्र सूचीकृत भएको हो । उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको छ भने ९.०२ प्रतिशत रहेको छ ।

त्यस्तै, ५ अर्ब रुपैयाँको २०८५ ‘च’ को विकास ऋणपत्र सूचीकृत भएको हो । उक्त ऋणपत्रको अवधि ६ वर्ष रहेको छ भने ८.४९ प्रतिशत रहेको छ ।

Share News