बिन्ध्यबासिनी हाइड्रोको आईपीओ सूचीकृत, कतिमा होला पहिलो कारोबार ?

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सेयर (आईपीओ) सूचीकृच भएको छ । बुधबार नेप्सेमा कम्पनीको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले स्थानीय बासिन्दाहरूलाई निष्काशन गरेको १० लाख कित्ता, सर्वसाधरणलाई निष्काशन गरेको १५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ७५ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सेयर (आईपीओ) सूचीकृच भएको छ । बुधबार नेप्सेमा कम्पनीको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले स्थानीय बासिन्दाहरूलाई निष्काशन गरेको १० लाख कित्ता, सर्वसाधरणलाई निष्काशन गरेको १५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ७५ लाख कित्ता सेयर गरी १ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारका लागि प्रतिकित्ता न्युनतम १११ रुपैयाँ ३४ पैसादेखि अधिकतम ३३४ रुपैयाँ २ पैसासम्म ओपनिङ्ग रेन्ज निर्धारण गरेको छ । सोही आधारमा कम्पनीको सेयर कारोबार बिहीबारदेखि दोस्रो बजारमा हुनेछ ।

कम्पनीको शेयरलाई नेप्सले बीएचडीसी (द्यज्म्ऋ) कारोबार संकेत प्रदान गरेको छ ।

Share News