ओम मेगाश्री फर्मास्यूटिकल्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

<p>काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले साधारण सेयर (आईपीओ) सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक प्रभु क्यापिटल र ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडबीच बुधबार सम्झौता भएको छ । सम्झौता पत्रमा ओम मेगाश्री फर्मास्यूटिकल्सको तर्फबाट अध्यक्ष अर्जुन कुमार श्रेष्ठ [&hellip;]</p>

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले साधारण सेयर (आईपीओ) सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक प्रभु क्यापिटल र ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडबीच बुधबार सम्झौता भएको छ ।

सम्झौता पत्रमा ओम मेगाश्री फर्मास्यूटिकल्सको तर्फबाट अध्यक्ष अर्जुन कुमार श्रेष्ठ र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।

गैर आवसीय नेपाली, औषधी व्यवसायमा विज्ञता हासिल भएका व्यक्ति तथा विशेषज्ञ डाक्टरहरु आवद्ध तथा ईयू फर्मा टेक्निकलको सपोर्ट रहेको कम्पनीको औषधि उत्पादन गरिरहेको छ । कम्पनीले भरतपुर २९, चितवनमा रहेको युरोपियन गुड म्यानुफ्याक्चरिङ्ग प्र्याक्टिस स्ट्याण्डर्ड अनुसार औषधी उत्पादन गरिरहेको छ ।

कम्पनीले नेपाल सरकार औषधी व्यवस्था विभागमा ५६ प्रकारका औषधी उत्पादनको लागि प्रकृया शुरु गरेकोमा हाल ३१ प्रकारका विभिन्न औषधीहरु उत्पादन गर्नको लागि अनुमती पाइसकेको छ । बाँकी उत्पादन स्वीकृतिको प्रकृयामा रहेको कम्पनीले जनाएको छ । साथै फर्मास्यूटिकल्स क्षेत्रमा पहिलो कम्पनीले सर्वसाधारणलाई सेयर जारी गर्ने निर्णय गरेको हो ।

यस कम्पनीले आईपीओ निष्काशन गरेपश्चात् अन्य फर्मास्यूटिकल्सलाई समेत बाटो खुलेको कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताए ।

Share News