नेप्से दोहोरो अंकले बढ्दा ५ अर्बको कारोबार

<p>काठमाडौं । बिहीबार सेयर बजार दोहोरो अंकले बढेसँगै कारोबार रकम पनि बढेको छ । यस साता एक दिन बाहेक सबै बिहीबारसम्म सेयर बजार बढेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर बजार सम्बन्धी केही सकारात्मक व्यवस्था गरेकाले सेयर बजार बढेको सेयर जानकारहरु बताउँछन् । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४९ अंकले बढेर [&hellip;]</p>

काठमाडौं । बिहीबार सेयर बजार दोहोरो अंकले बढेसँगै कारोबार रकम पनि बढेको छ । यस साता एक दिन बाहेक सबै बिहीबारसम्म सेयर बजार बढेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर बजार सम्बन्धी केही सकारात्मक व्यवस्था गरेकाले सेयर बजार बढेको सेयर जानकारहरु बताउँछन् ।

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४९ अंकले बढेर २१२७ अंकमा बन्द भएको छ । बुधबार पनि नेप्से परिसूचक २३.८३ अकंले बढेको थियो ।

बिहीबार २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार कित्ता सेयर ७२ हजर ४५० पटक किनबेच हुँदा ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेयर बजारमा लगानी गर्नका लागि सेयर लगानीकर्तामा अन्यौलता कायम रहेका बेला सेयर बजार बिहीबार दोहोरो अंकले बढेको हो । पछिल्लो समय देशको अर्थतन्त्र संकटमा पर्न थालेको भन्दै सेयर लगानीकर्तामा त्यसले नकारात्मक असर पारिरहेको छ । तर यस साता हालसम्म बजार बढेको हुँदा एक किसिमको रौनकता लगानीकर्तामा छाएको देखिन्छ ।

बिहीबार बैंकिङ्ग समूह ०.१२ प्रतिशत, ट्रेडिङ्ग समूह ०.२३ प्रतिशत, होटल एण्ड टुरिजम समूह २.३३ प्रतिशत, विकास बैंक समूह २.२४ प्रतिशत, हाइड्रोपावर समूह १.१९ प्रतिशत, फाइनान्स समूह ३.१३ प्रतिशत, माइक्रोफाइनान्स समूह १.४६ प्रतिशत, जीवन बीमा समूह ०.१५ प्रतिशत, म्युचुअल फण्ड समूह ०.४६ प्रतिशत र इन्भेष्टमेन्ट समूह २.९५ प्रतिशत बढेको छ ।

यता निर्जीवन बीमा समूह ०.०१ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह ०.४६ प्रतिशत, अन्य समूह ०.२ प्रतिशतले घटेको छ ।

आज हिजो मात्रै नेप्सेमा आईपीओ सूचीकृत भएको बिन्ध्यबासिनि हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ ।

Share News