पूँजी बजारमा हुने चलखेल निरुत्साहित गर्छौं : अध्यक्ष हमाल

<p>काठमाडौं । धितोपत्र बजारलाई विकास तथा विस्तार गर्दै प्रतिस्पर्धि बनाउने नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले बताएका छन् । धितोपत्र बजार तथा विनिमय बजार सम्बन्धी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष हमालले यस्तो बताएका हुन् । त्यस्तै, सुपरिवेक्षणलाई सक्रिय बनाएर पूँजी बजारमा हुने चलखेललाई निरुत्साहित गर्ने अध्यक्ष हमालले [&hellip;]</p>

काठमाडौं । धितोपत्र बजारलाई विकास तथा विस्तार गर्दै प्रतिस्पर्धि बनाउने नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले बताएका छन् । धितोपत्र बजार तथा विनिमय बजार सम्बन्धी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष हमालले यस्तो बताएका हुन् ।

त्यस्तै, सुपरिवेक्षणलाई सक्रिय बनाएर पूँजी बजारमा हुने चलखेललाई निरुत्साहित गर्ने अध्यक्ष हमालले दावी गरे । उनले सर्वसाधारण लगानीकर्ताको सहभागिता बढाउन सातै प्रदेशमा लगानीकर्तालाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए ।

धितोपत्र बजारलाई उच्च प्रविधिमैत्री बनाएर सेवाग्राहीलाई तिव्र सेवा दिने बताएका छन् । त्यसैगरी उनले आरटीजिएस प्रणाली मार्फत सेवा दिने बताए । बुक बिल्डिङ विधिमार्फत आईपीओ ल्याउन अन्तराष्ट्रिय बजारमा भएको व्यवस्थालाई लागु गर्ने उनको भनाइ छ ।

Share News