सम्भावित क्षतिबाट बच्दै सेयर लगानीकर्ता, धितोपत्र बोर्डले कोष सञ्चालन गर्ने

<p>काठमाडौं । नेपाल धितोपत्र पत्र बोर्डले धितोपत्र बजारको लागि क्षतिपूर्ति कोष सञ्चालन गर्ने भएको छ । बिहीबार धितोपत्र बजार तथा विनिमय बजार सम्बन्धी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डका अध्यक्ष रमेश कुमार हमालले सो बताएका हुन् । ‘धितोपत्र बजारका लगानीकर्ताहरुलाई हुन सक्ने संभावित क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउनका लागि क्षतिपूर्ति [&hellip;]</p>


काठमाडौं । नेपाल धितोपत्र पत्र बोर्डले धितोपत्र बजारको लागि क्षतिपूर्ति कोष सञ्चालन गर्ने भएको छ । बिहीबार धितोपत्र बजार तथा विनिमय बजार सम्बन्धी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डका अध्यक्ष रमेश कुमार हमालले सो बताएका हुन् ।

‘धितोपत्र बजारका लगानीकर्ताहरुलाई हुन सक्ने संभावित क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउनका लागि क्षतिपूर्ति कोष सम्बन्धी नियमावली तर्जुमा गरी लागु गरिनेछ,’ अध्यक्ष हमालले भने ।

पूँजी बजार विकासका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न चार खम्बे नीति तयार गरेको उनले बताए । चार खम्बाहरुमा संस्थागत तथा नियमन क्षमता अभिवृद्धि गर्ने, बजारको सन्तुलन तथा विस्तार गर्ने, बजार पारदर्शिता तथा मेरिट बेस प्रणालीको विकास गर्ने र नियमन निकायको वाच डग एजेन्सी भूमिका सशक्तिकरण गर्ने रहेका छन् ।

Share News