सेयर रोक्का सम्बन्धी निर्देशिका २ हप्ता भित्रमा लागु गरिने

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले मर्जर तथा प्राप्तिको समयमा सेयर कारोबार रोक्का सम्बन्धी निर्देशिका दुई हप्तामा लागु गर्ने बताएका छन् । धितोपत्र बजार तथा विनिमय बजार सम्बन्धी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष रमेश कुमार हमालले यस्तो बताएका हुन् । नेपाल राष्ट्र बैंकले मर्जर तथा [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले मर्जर तथा प्राप्तिको समयमा सेयर कारोबार रोक्का सम्बन्धी निर्देशिका दुई हप्तामा लागु गर्ने बताएका छन् । धितोपत्र बजार तथा विनिमय बजार सम्बन्धी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष रमेश कुमार हमालले यस्तो बताएका हुन् ।

नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिमा गएका कम्पनीको सेयर कारोबार रोक्का गर्ने व्यवस्था खारेज गरेपछि नेपाल धितोपत्र बोर्डले सेयर रोक्का निर्देशिका तयार पारिरहको छ । मर्जर तथा प्राप्तिमा गएका कम्पनीको सेयर कारोबार रोक्का सम्बन्धी विषय आफुले उठाएको उनले बताए । लगानीकर्तालाई अन्याय नहोस् भनेर आफुले सो विषय उठान गरेको उनको दाबी छ ।

अब मर्जर तथा प्राप्तिमा धितोपत्र बोर्डको नीति लागु हुने उनले बताए । ‘मौद्रिक नीति सार्वजनिक भएको दिनदेखि नै विज्ञ टिम बनाएर निर्देशिका तयार पारिरहेका छन्, अबको १० दिनभित्रमा जारी गर्छाैं, यसमा हतार गर्नु हुँदैन, सबै मुद्धाहरु हेर्नुपर्छ,’ उनले भने ।

उनले बढीमा २ हप्ताभित्रमा उक्त निर्देशिका लागु गर्ने बताए । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्का गर्ने विद्यमान व्यवस्था खारेज गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी बोर्डलाई दिएको थियो ।

उक्त सेयर कारोबार रोक्का सम्बन्धीको टोलीमा बोर्डका कानुनको उपकार्यकारी कृष्णप्रसाद पोखरेल, कार्यकारी निर्देशक विनयदेव आर्चाय र प्रवक्ता रुपेश केशी रहेका छन् ।

Share News