काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आईपीओमा अन्तिम दिन मागभन्दा १६.५३ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरङका अनुसार कम्पनीको आईपीओमा बिहीबार ५ बजेसम्म १६ लाख १० हजार ९२६ जना आवेदककाे आवेदन परेको हाे । एक करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
कम्पनीले साउन ९ गतेदेखि साउन १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३ सय रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये २ प्रतिशत सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत सामूहिक लगानी कोषहरुका लागि र बाँकी कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले डबल बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।