काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । आइतबार गरिमा विकास बैंक लिमिटेडको १६ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
बैंकले गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । बैंकको सोही बापतको ६३ लाख १७ हजार ९२.९६८१ कित्ता सेयर नेप्सेमा थप भएको हो ।