जनरल इन्स्योरेन्सका बीमितले मनमोहन मेमोरीयल हस्पिटलमा उपचार गर्न पैसा तिर्नु नपर्ने

<p>काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको तर्फबाट नास्तु शर्माले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात [&hellip;]</p>

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको तर्फबाट नास्तु शर्माले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपालबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्नेछन् ।

Share News