काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले साउन २४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
बागलुङ जिल्ला केन्द्रिय कार्यालय रहेको लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत अर्थात् ३ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । लघुवित्तले यसको लागि बिक्री प्रबन्धकमा सनराईज क्यापिटललाई नियुक्त गरेको छ ।
हाल उक्त कम्पनीको चुक्ता पुँजी ७ करोड रहेकोमा सार्वजनिक सेयर निश्कासन पश्चात १० करोड ३१ लाख पुग्नेछ । हाल ७ करोड पुँजी रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा ११ करोड रहेको छ । जसबाट प्रतिसेयर नेटवर्थ २५७ रुपैयाँ हुन आउँछ ।
कम्पनीको संचित नाफा नोक्सानी समेत ४.६ करोडभन्दा माथि रहेकोले सार्वजनिक सेयर निश्कासन पश्चात् समेत सेयरधनीहरुको लागी ४० प्रतिशतभन्दा बढि लाभांश वितरण गर्ने क्षमता रहेको वित्तीय विवरणले देखाउँछ ।
हाल राष्ट्रिय स्तरको उक्त लघुवित्त कम्पनीले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आईरहेको छ । जसबाट करिब ३६ हजार ग्राहक सदस्यहरु मार्फत कुल १४४ करोड कर्जा विस्तार र ६८ करोड बचत संकलन गरेको छ । आ.व. २०७८/७९ को अपरिस्कृत वित्तीय विवरण बमोजिम उक्त कम्पनीको पैसा प्रतिसेयर आम्दानी ३७.२५ पैसा रहेको छ ।