काठमाडौं । सेयर बजार निरन्तर उकालो लाग्ने क्रममा सोमबार पनि बढेको छ । आइतबार बढेको सेयर बजार सोमबार पनि सामान्य अंकले बढेको हो । यसअघि आइतबार भारि अंकले बढेको बजार सोमबार दिनभरि उतारचढाबका बीच सामान्य अंकले बढेको हो ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.१५ अंकले बढेर २१९६.२५ अंकमा बन्द भएको छ । यसअघि हिजो आइतबार ५४.५८ अंकले बढेको थियो ।
सोमबार दिनभरिमा २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता ६७ लाख २०५ पटक किनबेच हुँदा ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २७२ रुपैयाँ बराबरको भएको थियो ।
आइतबार अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त भएपछि लगानीकर्ताहरुलाई सेयर किन्ने वा बिक्री गर्ने भन्नेमा अन्यौल जस्तो देखिएको छ ।
आइतबार बैंकिङ्ग समूह ०.४ प्रतिशत, ट्रेडिङ्ग समूह ३.५४ प्रतिशत, हाइड्रोपावर समूह ०.७२ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.९९ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.७१ प्रतिशत बढेको छ । त्यस्तै, होटल एण्ड टुरिजम समूह २ प्रतिशत, विकास बैंक समूह १.४५ प्रतिशत, फाइनान्स समूह ०.१ प्रतिशत, निर्जीवन बीमा समूह ०.२३ प्रतिशत, अन्य समूह ०.६५ प्रतिशत, माइक्रोफाइनान्स समूह १.१८ प्रतिशत, जीवन बीमा समूह ०.१९ प्रतिशत, म्युचुअल फण्ड समूह ०.३९ प्रतिशतले घटेको छ ।
सोमबार बुटवल पावर कम्पनीको ६.९५ प्रतिशतले सेयर मूल्य बढेको छ । राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर मूल्य ५.२९ प्रतिशत घटेको छ ।