काठमाडौं । लक्ष्मी क्यापिटलले आफ्ना २ वटा म्युचुअल फण्डका इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लक्ष्मी क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटि फण्डका इकाइधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
साउन १६ गते सोमबार बसेको संचालक समितिको बैठकले लक्ष्मी बैंक कोष प्रवद्र्धन र लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको दुई फण्डको लाभांश वितरण गर्ने भएको हो ।
क्यापिटलले दुवै योजनाका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७८/०७९ का लागि कर सहित ५/५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । क्यापिटलले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष प्रतिफल घटेको हो ।
क्यापिटलले अघिल्लो आर्थिक वर्ष २०७७/०७८ लक्ष्मी इक्विटी फण्डका इकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश (करसहित) र लक्ष्मी उन्नति कोषका इकाईधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।