काठमाडौं । पछिल्लो समय मर्चेन्ट बैंकहरु आफ्नो व्यापार तथा सेवा विस्तार गर्नका लागि आक्रामक रुपमा लागेका छन् । मर्चेन्ट बैंकहरुले विभिन्न अफरको ब्यवस्था गरेका छन् भने अब शाखा विस्तार गरेर नै ग्राहकलाई सेवा दिने भएका हुन् ।
मेगा क्यापिटल मार्केट्सले पनि शाखा विस्तार गर्ने योजना अघि सारेको छ । क्यापिटलले ९ वटा शाखा विस्तार गरी सेवा संचालन गर्ने योजना गरेको हो ।
क्यापिटलले आफ्नो व्यापार विस्तार तथा सेवालाई सहज बनाउन ९ वटा शाखा काउण्टर संचालन गर्ने जानकारी दिएको छ । क्यापिटलले मेगा बैंकका ग्राहकको चाप बढी भएका शाखाहरुमा आफ्नो काउण्टर राखेर ग्राहकलाई मर्चेन्ट बैंकका सेवा उपलब्ध गराउने भएको हो ।
त्यस्तै, मेगा क्यापिटलमार्फत डिम्याट खाता खोल्नेको संख्या झण्डै २ लाख पुगेको क्यापिटलले बताएको छ । क्यापिटलले अर्काे म्युचुअल फण्ड ल्याउने तयारि अन्तिम चरणमा रहेको क्यापिटलले जनाएको छ ।