काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । एनमएबि लघुवित्त र सगरमाथा इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
एनएमबि लघुवित्त वित्तीय संस्थाको २१.५० प्रतिशत बोनस सेयर बापतको ११ लाख ६० हजार ५८०.३७३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले आर्थिक वर्ष २०७७÷०७८ को नाफाबाट २१.५० प्रतिशत बोनस र १.१३ प्रतिशत नगद गरी कूल २२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनीको २० प्रतिशत बोनस सेयर बापतको २२ लाख २२ हजार ७१५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७÷०७८ मा २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।