काठमाडौं । नबिल बैंकको ४ करोड ३३ लाख ६७ हजार २१९ कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ । साविकको बंगलादेश बैंकलाई प्राप्ति गरेपछि बनेको नबिल बैंकको सो मात्राको सेयर सूचीकृत भएको हो ।
यससँगै उक्त सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच हुने छ ।
नबिल बैंकले एनबीबीलाई १ बराबर ०.४३ को अनुपातमा प्राप्ति गरेको हो ।