राष्ट्रिय बीमा कम्पनीलाई सिलवालकाे चेतावनी : तोकेको समयमा पुँजी वृद्धि नगरे कारोबार रोक्ने

<p>काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले तोकेको समयमा पूँजी वृद्धि नभए कारोबार रोक्ने चेतावनी दिएका छन् । बुधबार राष्ट्रिय बीमा कम्पनीको ९ औं वार्षिकोत्सवमा बोल्दै उनले कम्पनीलाई यस्ताे चेतावनी दिएका हुन् । ‘तोकेको समयमा पुँजी बढाउनै पर्छ, होइन भने समितिले एक्सन लिन्छ, कारोबार रोक्छ,’ उनले भने । साथै, उनले अर्थ मन्त्रालयबाट स्वीकृति लिनुपर्ने भए [&hellip;]</p>

काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले तोकेको समयमा पूँजी वृद्धि नभए कारोबार रोक्ने चेतावनी दिएका छन् । बुधबार राष्ट्रिय बीमा कम्पनीको ९ औं वार्षिकोत्सवमा बोल्दै उनले कम्पनीलाई यस्ताे चेतावनी दिएका हुन् ।

‘तोकेको समयमा पुँजी बढाउनै पर्छ, होइन भने समितिले एक्सन लिन्छ, कारोबार रोक्छ,’ उनले भने ।

साथै, उनले अर्थ मन्त्रालयबाट स्वीकृति लिनुपर्ने भए प्रक्रिया अघि बढाई काम गर्न निर्देशन दिए ।

यस्तै, समितिको नियमनमा बसेपछि समितिकै नियममा बस्नुपर्छ भन्दै अध्यक्ष सिलवालले २/४ महिनामा सबै अडिट सक्न राष्ट्रिय बीमा कम्पनीलाई निर्देशन दिएका छन् ।

 

 

 

Share News