नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएन

<p>काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तत्काल नघटाउने भएको छ । आज एक विज्ञप्ति जारी गर्दै निगमले अहिले पनि निगम घाटामा भइराखेकोले तत्काल मूल्य नघटाउने बताएको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपनि निगमले बिक्री गरेको मूल्यमा पेट्रोलमा २ रुपैयाँ ७८ पैसा नाफा, डिजेलमा ९ रुपैयाँ ३७ पैसा घाटा र [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तत्काल नघटाउने भएको छ । आज एक विज्ञप्ति जारी गर्दै निगमले अहिले पनि निगम घाटामा भइराखेकोले तत्काल मूल्य नघटाउने बताएको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपनि निगमले बिक्री गरेको मूल्यमा पेट्रोलमा २ रुपैयाँ ७८ पैसा नाफा, डिजेलमा ९ रुपैयाँ ३७ पैसा घाटा र ग्याँसमा प्रतिसिलिण्डर ४ सय ९९ रुपैयाँ ५७ पैसा घाटा भएको जनाएको छ । अहिलेको खरिद र बिक्रीको अवस्थामा निगमलाई मासिक रुपमा १ अर्ब २७ करोड घाटा हुने अवस्था रहेको निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसनलाई अझैपनि २३ अर्ब रुपैयाँ तिर्नुपर्ने बाँकी रहेको निगमले जनाएको छ ।

Share News