अभियान लघुवित्तको आईपीओमा पहिलो दिन नै ५१ करोड रुपैयाँ संकलन, कति पर्याे आवेदन ?

<p>काठमाडौं । अभियान लघुवित्तको आईपीओमा पहिलो दिन नै मागभन्दा ५.२५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार ५ बजेसम्म लघुवित्तको आईपीओमा ४ लाख ३८ हजार २५५ जनाले आवेदन दिएका छन् । लघुवित्तको आईपीओ खरिद गर्न लगानीकर्ताले ५१ लाख २८ हजार ४१० कित्ताका लागि ५१ करोड २८ लाख ४१ हजार रुपैयाँ बराबरको [&hellip;]</p>

काठमाडौं । अभियान लघुवित्तको आईपीओमा पहिलो दिन नै मागभन्दा ५.२५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार ५ बजेसम्म लघुवित्तको आईपीओमा ४ लाख ३८ हजार २५५ जनाले आवेदन दिएका छन् ।

लघुवित्तको आईपीओ खरिद गर्न लगानीकर्ताले ५१ लाख २८ हजार ४१० कित्ताका लागि ५१ करोड २८ लाख ४१ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।

लघुवित्तले साउन १८ गतेदेखि चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँको ९ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ ।

लघुवित्तको आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लघुवित्तको आईपीओमा लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओलाई इक्रा नेपालले इक्राएनपि इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

Share News