नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

<p>काठमाडौं । बिहीबारको सेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । कारोबार खुलेदेखि ओरालो लागेको परिसूचक दिनभरकै न्यूनतम बिन्दुमा झरेको छ । बुधबारको तुलनामा परिसूचक ३८.६१ अंकले घटेर २१४८.१६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.७७ प्रतिशतले घटेको हो । बुधबारको परिसूचक भने एकल अंकले घटेको थियो । त्यस्तै, अघिल्लो दिन [&hellip;]</p>

काठमाडौं । बिहीबारको सेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।

कारोबार खुलेदेखि ओरालो लागेको परिसूचक दिनभरकै न्यूनतम बिन्दुमा झरेको छ । बुधबारको तुलनामा परिसूचक ३८.६१ अंकले घटेर २१४८.१६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.७७ प्रतिशतले घटेको हो । बुधबारको परिसूचक भने एकल अंकले घटेको थियो ।

त्यस्तै, अघिल्लो दिन ४ अर्ब माथिको सेयर कारोबार भएको बजारमा बिहीबार ३ अर्ब ७६ करोड रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो दिनको तुलनामा २६ करोड रुपैयाँले कम हो ।

कारोबार घटेको बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन २५ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य भने घटेर ८०५ रुपैयाँमा झरेको छ ।

बजारमा १० करोडभन्दा माथिको सेयर कारोबार हुनेमा अन्य दुई कम्पनी रहेका छन् । हिमालयन डिष्टिलरी र अपि पावरको क्रमशः १३ करोड १७ लाख र १२ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

घटेको बजारमा पनि बलेफी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । अघिल्लो दिनको तुलनामा कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३६२.६० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, यूनाइटेड इदि मार्दी आरबी हाइड्रोपावरको भने ९.५२ प्रतिशतले सेयर मूल्य घटेको छ । बिहीबार प्रतिकित्ता ७६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

बिहीबार कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।

Share News