मार्जिन लेण्डिङको भविष्य नदेखेपछि ७ ब्रोकर कम्पनीले लाइसेन्स नविकरण गरेनन् : अध्यक्ष मैनाली

<p>काठमाडौं । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले ७ वटा ब्रोकर कम्पनीले लाइसेन्स नै नवीकरण नगरेको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मार्जिन लेण्डिङको सम्भावना नदेखेपछि नवीकरण नगरेको बताएका [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले ७ वटा ब्रोकर कम्पनीले लाइसेन्स नै नवीकरण नगरेको बताएका छन् ।

बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मार्जिन लेण्डिङको सम्भावना नदेखेपछि नवीकरण नगरेको बताएका हुन् । अन्य देशकोभन्दा नेपालमा ब्रोक्रेज सेवा सस्तो रहेको उनी बताउँछन् । हाल ५० वटा ब्रोकर कम्पनी संचालन रहेकोमा एउटा ब्रोकरले २६ हजारभन्दा बढीलाई सेवा दिने उनले बताए ।

यस्तै, उनले नेप्सेको भन्दा सेबोनको शुल्क धेरै भएको पनि बताए । ‘सेयर बिक्री गर्दा लगानीकर्ताको खातामा ट्रान्सर्फर गर्दा २५ रुपैयाँ मात्रै छ, फोन गरेर सेयर खरिद बिक्री गरेमा ५० रुपैया लिने गर्छन्,’ उनले भने ।

मैनालीले नेपालमा मात्रै उधारोमा सेयर कारोबार हुने र मेरो कम्पनीमा डीपी खोल भनेर भन्ने गरिएको बताए ।

त्यस्तै, सेबोनको नीति तथा कार्यक्रममा ब्रोक्ररको मुद्दा समावेश नभएको उनले गुनासो गरे । सेबोन आफ्नो नियामक भूमिकामा स्पष्ट नभए पुँजी बजारको विस्तार नहुने उनको भनाइ छ ।

 

 

 

Share News