एनएमबि क्यापिटलले घोषणा गर्याे २ फण्डको लाभांश

<p>काठमाडौं । एनएमबि क्यापिटलले आफ्ना दुई वटा फण्डका इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलले एनएमबि हाइब्रिड फण्ड–१ र एनएमबि फिफ्टीका इकाईधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो । क्यापिटलको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ मा एनएमबि हाइब्रिड फण्ड–१ का इकाईधनीहरुलाई २१.०५२६३ प्रतिशत र एनएमबि फिफ्टीका इकाईधनीहरुलाई १.०५२६३ प्रतिशत [&hellip;]</p>

काठमाडौं । एनएमबि क्यापिटलले आफ्ना दुई वटा फण्डका इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलले एनएमबि हाइब्रिड फण्ड–१ र एनएमबि फिफ्टीका इकाईधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो ।

क्यापिटलको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ मा एनएमबि हाइब्रिड फण्ड–१ का इकाईधनीहरुलाई २१.०५२६३ प्रतिशत र एनएमबि फिफ्टीका इकाईधनीहरुलाई १.०५२६३ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

क्यापिटलले एनएमबि हाइब्रिड फण्ड–१ का इकाईधनीहरुलाई आव २०७५/०७६ मा १० प्रतिशत, २०७६/०७७ मा ८ प्रतिशत र २०७७/०७८ मा २० प्रतिशत प्रतिफल वितरण गरेको थियो ।

यस्तै, एनएमबि फिफ्टीका इकाईधनीहरुलाई आव २०७६/०७७ मा ५ प्रतिशत र २०७७/०७८ मा ३० प्रतिशत प्रतिफल वितरण गरेको थियो ।

Share News