शिवम् सिमेन्ट्सले बोलायो विशेष साधारण सभा

<p>काठमाडौं । शिवम् सिमेन्ट्सले विशेष साधारण सभा आव्हान गरेको छ । कम्पनीले आगामी भदौ १० गते बिहान ११ बजे कम्पनीको कर्पोरेट कार्यालयको सभाहल अनामनगरमा डाकेको हो । उक्त सभाले कम्पनीको गणपुरक संख्या ६५ प्रतिशतलाई बढाएर ५१ प्रतिशत कायम गर्दै छ । त्यस्तै, सञ्चालक समितिमा ७ जना हुने व्यवस्थालाई संशोधन गरी ६ जनाको बनाउने विशेष प्रस्ताव [&hellip;]</p>

काठमाडौं । शिवम् सिमेन्ट्सले विशेष साधारण सभा आव्हान गरेको छ । कम्पनीले आगामी भदौ १० गते बिहान ११ बजे कम्पनीको कर्पोरेट कार्यालयको सभाहल अनामनगरमा डाकेको हो ।

उक्त सभाले कम्पनीको गणपुरक संख्या ६५ प्रतिशतलाई बढाएर ५१ प्रतिशत कायम गर्दै छ ।

त्यस्तै, सञ्चालक समितिमा ७ जना हुने व्यवस्थालाई संशोधन गरी ६ जनाको बनाउने विशेष प्रस्ताव छ । जसमा स्वतन्त्र व्यवसायिक विशेषज्ञ सञ्चालकमा १ जना र सेयरधनीहरुबाट ५ जना हुने छन् ।

विशेष साधारण सभा जुम मार्फत पनि गरिने भएकाले इच्छुकहरु जुम मार्फत सभामा जोडिन सक्ने छन् ।

Share News