सयपत्री हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न, ६ जनालाई ११ कित्ता, यसरी हेर्नुहोस् नतिजा

<p>काठमाडौं । सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकक एनआईबिएल एस क्यापिटलको कार्यालयमा सेयर बाँडफाँट सम्पन्न भएको हो । कम्पनीको आईपीओमा १४ लाख १३ हजार ५७२ जना लगानीकर्ताले आवेदन दिएका थिए । जसमध्ये १ हजार १०४ जना लगानीकर्ताको आवेदन विभिन्न कारणले रद्द भएको छ भने १४ लाख १२ [&hellip;]</p>

काठमाडौं । सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकक एनआईबिएल एस क्यापिटलको कार्यालयमा सेयर बाँडफाँट सम्पन्न भएको हो ।

कम्पनीको आईपीओमा १४ लाख १३ हजार ५७२ जना लगानीकर्ताले आवेदन दिएका थिए । जसमध्ये १ हजार १०४ जना लगानीकर्ताको आवेदन विभिन्न कारणले रद्द भएको छ भने १४ लाख १२ हजार ४६८ जनाको आवेदन सदर भएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँट गर्दा ६७ हजार ५८ जनाले १० कित्ता सेयर पाएका छन् । १० कित्ताका दरले वितरण गर्दा ६ जनाले ११ कित्ता सेयर पाएका छन् । कम्पनीको आईपीओमा आवेदन दिएकामध्ये १३ लाख ४६ हजार ५१४ जनाको हात रित्तो भएको छ ।

कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुलाई ७ लाख २१ हजार ६० कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये ३६ हजार ५३ कित्ता सामुहिक लगानी कोषका लागि, १४ लाख ४२१ कित्ता सेयर कम्पनीको कर्मचारीको लागि र ६ लाख ७० हजार ५८६ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको थियो ।

यसरि हेर्न सकिन्छ नतिजा

कम्पनीको आईपीओ विभिन्न तरिकाबाट हेर्न सकिन्छ । जसमध्ये बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेवसाइट https://www.niblcapital.com, सिडिएससीको मेरो सेयरको वेवसाइ https://meroshare.cdsc.com.np/#/login, सिडिएस एण्ड क्लियरिङ्गले आईपीओ हेर्न संचालनमा ल्याएको वेवसाइट https://iporesult.cdsc.com.np/ र सयपत्री हाइड्रोको वेवसाइट http://sayapatrihydropower.com/ बाट हेर्न सकिने छ ।

Share News