७ दिनमा शिवम् सिमेन्टको साढे १ अर्ब बढीको कारोबार

<p>काठमाडौं । शिवम् सिमेन्टको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दो छ । लगानीकर्ताको आकर्षण बढेसँगै कम्पनीको सेयर कारोबार पनि बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिवम् सिमेन्टको सेयर कारोबार केही दिनदेखि बढ्दो छ । कम्पनीको एक हप्तामा साढे २० लाख कित्ता सेयर कारोबार हुँदा साढे १ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । नेप्सेका अनुसार [&hellip;]</p>

काठमाडौं । शिवम् सिमेन्टको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दो छ । लगानीकर्ताको आकर्षण बढेसँगै कम्पनीको सेयर कारोबार पनि बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिवम् सिमेन्टको सेयर कारोबार केही दिनदेखि बढ्दो छ ।

कम्पनीको एक हप्तामा साढे २० लाख कित्ता सेयर कारोबार हुँदा साढे १ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । नेप्सेका अनुसार साउन १६ गते सोमबादेखि २३ गते सोमबारसम्म २० लाख ६८ हजार २९ कित्ता सेयर १५ हजार ३८२ पटक किनबेच हुँदा १ अर्ब ६८ करोड ४७ लाख ६१ हजार १७६ रुपैयाँ बराबरको कारोबार भएको छ । यस तथ्याङ्कले कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।

 

पछिल्लो केही दिनयता कम्पनीको सेयर कारोबार प्रत्येक दिन टप फइभमा पर्ने गरेको छ । कुनै दिन कम्पनीको सेयर कारोबार अग्रस्थानमा पुग्छ । सोमबार मात्रै कम्पनीको सेयर कारोबार टपमा थियो ।

नेप्सेमा कम्पनीको हालसम्म उच्च सेयर मूल्य १९१० रुपैयाँ पुगेको छ भने लगातार घटेर सेयर प्रतिकित्ता ६५४ रुपैयाँमा झरेको थियो । कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ ।

सोमबारको कारोबार अनुसार कम्पनीको बजार पुँजीकरण ३३ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । सन् २०१९ मा नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयर कित्ता ४ करोड ४० लाख छ । कम्पनीमा संस्थापक लगानीकर्ताको स्वामित्व ८८ प्रतिशत अर्थात् ३ करोड ८७ लाख २० हजार कित्ता र सर्वसाधारण लगानीकर्ताको स्वामित्व १२ प्रतिशत अर्थात् ५२ लाख ८० हजार कित्ता छ ।

कम्पनीले हालसम्म बोनस सेयर वितरण गरेको छैन् । शिवम् सिमेन्टले पछिल्लो पटक आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Share News