बजार राताम्य हुँदा सीआईटीको सर्वाधिक कारोबार, एनसीसीको २.२६ लाख कित्ता खरिदबिक्री

<p>काठमाडौं । सरकारले निर्वाचनको घोषणा गरेसँगै नेपालको पूँजी बजारमा उतारचढाव भइरहेको छ । एकदिन बढ्ने अर्काे दिन घट्ने वा एक दिन घट्ने अर्काे दिन बढ्ने गरी सेयर बजारमा अस्थिरता आएको छ । राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गरेपछि केही दिन हरियाली भएको बजारमा पुनः राताम्य छाउन थालेको छ । यसअघि दोहोरो अंकले [&hellip;]</p>

काठमाडौं । सरकारले निर्वाचनको घोषणा गरेसँगै नेपालको पूँजी बजारमा उतारचढाव भइरहेको छ । एकदिन बढ्ने अर्काे दिन घट्ने वा एक दिन घट्ने अर्काे दिन बढ्ने गरी सेयर बजारमा अस्थिरता आएको छ । राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गरेपछि केही दिन हरियाली भएको बजारमा पुनः राताम्य छाउन थालेको छ ।

यसअघि दोहोरो अंकले सामान्य घटेको सेयर बजार मंगलबार राताम्य छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.४२ अंकले घटेर २०६०.७३ अंकमा बन्द भएको छ । यसअघि हिजो सोमबार नेप्से सूचक १७ अंक बढीले घटेको थियो ।

पछिल्लो समय वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भइरहेकाले पनि बजारमा त्यसको प्रभाव परेको सेयर जानकार बताउँछन् । लगानीकर्तालाई चित्त बुझ्दो वित्तीय विवरण नआउँदा सेयर बजार घटेको हुन सक्ने विज्ञहरुले बताएका छन् ।

मंगलबार दिनभरिमा २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता सेयर ४६ हजार २८९ पटक किनबेच हुँदा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५८९ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो सोमबार २ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार बैंकिङ्ग समूह १.३ प्रतिशत, ट्रेडिङ्ग समूह ३.१८ प्रतिशत, होटल एण्ड टुरिजम समूह १.२२ प्रतिशत, विकास बैंक समूह ३.२८ प्रतिशत, हाइड्रोपावर समूह ३.०६ प्रतिशत, फाइनान्स समूह ३.३७ प्रतिशत, निर्जीवन बीमा समूह १.४७ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.२९ प्रतिशत, अन्य समूह ४.८४ प्रतिशत, माइक्रोफाइनान्स समूह २.६३ प्रतिशत, जीवन बीमा समूह १.१८ प्रतिशत, म्युचुअल फण्ड समूह ०.९५ प्रतिशत र इन्भेष्टमेन्ट समूह २.०३ प्रतिशत घटेको छ ।

आज हिमालयन हाइड्रोपावर समूह ९.९७ प्रतिशत, गुराँस लघुवित्त ६.३६ प्रतिशतले सेयर मूल्य बढेको छ । यस्तै, गढणपति लघुवित्त ७.२७ प्रतिशत, घलेम्दी हाइड्रो ६.६८ प्रतिशत सेयर मूल्य घटेको छ ।

यता दिनभरिमा सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको १५ करोड १० लाख रुपैयाँ र शिवम् सिमेन्टको १३ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नबिल बैंकको १ हजार ८१६ पटक र शिवम् सिमेन्टको १ हजार ५७४ पटक सेयर किनबेच भएको छ ।

एनसीसी बैंकको २ लाख २६ हजार १३४ कित्ता सेयर, एचआईडिसीएलको २ लाख १९ हजार ३८० कित्ता, अपि पावरको २ लाख ३ हजार ६० कित्ता सेयर खरिद बिक्री भएको छ ।

Share News