काठमाडौं । अभियान लघुवित्तको आईपीओमा अन्तिम दिन मागभन्दा २९ गुणा बढी आवेदन परेको छ । लघुवित्तको आईपीओमा २० लाख ७९ ७८८ जनाले आवेदन दिएको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी दिएको छ ।
क्यापिटलका अनुसार लगानीकर्ताले २ करोड ३५ लाख ६८ हजार ३६० कित्ता सेयरका लागि २ अर्ब ३५ करोड ६८ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर खरिद गरेका हुन् ।
लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा ९१ हजार ३७५ जनाले मात्रै लघुवित्तको आईपीओ प्राप्त गर्नेछन् । आवेदन दिनएका बाँकी लगानीकर्ताको हात रित्तो हुने देखिन्छ ।
लघुवित्तले साउन १८ गतेदेखि साउन २३ गतेसम्म ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९ लाख ७५ हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५ सय कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ ।
लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।