काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागरिक लगानी कोष (सीआईटी) को बोनस सेयर समायोजन भएको छ । नेप्सेमा कोषको ३० प्रतिशत बोनस सेयर समायोजन भएको हो ।
नेप्सले कोषको मंगलबारको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पश्चात् २ हजार २१४.६२ रुपैयाँ कायम भएको छ । मंगलबार कोषको अन्तिम कारोबार २ हजार ८७९ रुपैयाम भएको थियो ।
यस आधारमा कोषको सेयर मूल्य प्रतिकित्ता ६६५ रुपैयाँले घटेको छ ।
कोषको मंगलबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको थियो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ साउन २५ गते बुकक्लोज गर्ने भएकाले मूल्य समायोजन भएको हो ।
कोषले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत र १.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । सोही लाभांश पारित गर्न भदौ ६ गते साधारण सभा बोलाएको छ ।