काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर दोश्रो बजारमा सूचीकृत भएको छ । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी मर्जर पश्चात बनेको हिमालयन एभरेष्टको सेयर साउन २४ गते नेप्सेमा सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको २ करोड २३ लाख ९९ हजार ३६७ कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै इन्स्योरेन्सको सेयर भोलि अर्थात साउन २४ गतेदेखि दोश्रो बजारमा कारोबार हुने छ ।
इन्स्योरेन्सको सेयर कारोबार एचईआईको सिम्बोलबाट हुने छ । जसको लागि पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता ५१०.४८ रुपैयाँ तोकिदिएको छ । यससँगै भोलिको पहिलो कारोबारमा इन्स्योरेन्सको सेयर प्रतिकित्ता ५१०.४८ रुपैयाँमा किनबेच हुने छ ।
सम्बन्धित सामाग्री :
हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार भोलिदेखि खुल्ने
हिमालयन एभरेष्ट मर्जर : कम्पनी मख्ख, नियामक प्रफुल्ल
हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच एकिकृत कारोबार शुरू, यस्तो हुनेछ कर्पोरेट लोगो
हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीचको मर्जर पारित, साउनदेखि नै एकीकृत कारोबार गर्ने
हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता, बीमा क्षेत्रमै पहिलो मर्जर