कतिमा भयो हिमालयन एभरेष्ट इन्स्योरेन्सको पहिलो कारोबार ?

<p>काठमाडौं । बुधबारदेखि दोश्रो बजारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको पहिलो कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५०९.६० रुपैयाँमा भएको छ । जुन नेप्सेले तोकेको मूल्यभन्दा घटी हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ५१०.४८ रुपैयाँ तोकिदिएको थियो । कम्पनीको सेयर &#8216;एचईआई&#8217; सिम्बोलबाट किनबेच भइरहेको छ । कारोबार शुरुवातसँगै सेयर मूल्य [&hellip;]</p>

काठमाडौं । बुधबारदेखि दोश्रो बजारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको पहिलो कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५०९.६० रुपैयाँमा भएको छ ।

जुन नेप्सेले तोकेको मूल्यभन्दा घटी हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ५१०.४८ रुपैयाँ तोकिदिएको थियो । कम्पनीको सेयर ‘एचईआई’ सिम्बोलबाट किनबेच भइरहेको छ ।

कारोबार शुरुवातसँगै सेयर मूल्य पनि घट्दो छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४०.४८ रुपैयाँले घटेर प्रतिकित्ता ४७० रुपैयाँमा झरेको छ । जुन नेप्सेले तोकिदिएको मूल्यको तुलनामा ७.९३ प्रतिशतले घटी हो ।

साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स एक आपसमा मर्ज भएपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार भएको हो । उक्त नामबाट गत साउन १ गतेदेखि एकीकृत कारोबार भएको हो ।

Share News