काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा घटीरहेको छ । बजारमा घट्दो नेप्से परिसूचकसँगै कारोबार रकमले निरन्तरता पाएको हो ।
बुधबारको बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ५.११ अंकले घटेर २०५७.६८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२५ प्रतिशतले घटी हो ।
त्यस्तै, बजारमा १ अर्ब ९३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जबकी मंगलबारको बजारमा २ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
घट्दो बजारमा नागरिक लगानी कोष (सीआईटी) को भने सर्वाधिक सेयर कारोबार भएको छ । मंगलबार सर्वाधिक कारोबार भएको कम्पनीको सेयर बुधबारको बजारमा पनि सर्वाधिक भएको छ ।
बुधबारको बजारमा १० करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा भने घटी हो । अघिल्लो दिनको बजारमा कम्पनीको १५ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यस्तै, कम्पनीको कारोबारसँगै सेयर मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा सीआईटीको सेयर मूल्य ३९.३८ रुपैयाँले बढेर प्रतिकित्ता २२५४ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलामा १.७८ प्रतिशतले बढी हो ।
घटेको बजारमा हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर मूल्य २७.५० रुपैयाँले बढेर प्रतिकित्ता ३०३.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
बुधबार सबैभन्दा बढी सेयर मूल्य घट्नेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । पहिलो दिन दोश्रो बजारमा कारोबार भएको कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४५९.५० रुपैयाँमा झरेको छ ।
सो दिन इन्भेष्टमेन्ट र उत्पादनमूलक समूह क्रमशः ०.४७ र २७.१० रुपैयाँले बढेको छ । अन्य समूह भने राताम्मे देखिएका छन् ।