तोलामा ५ सय रुपैयाँले घट्यो सुनको भाउ

<p>काठमाडौं । बिहीबार सुनको मूल्य तोलाको ५ सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९७ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर तोलको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य पनि घटेर तोलाको ९६ हजार १०० रुपैयाँमा कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९६ हजार [&hellip;]</p>

काठमाडौं । बिहीबार सुनको मूल्य तोलाको ५ सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९७ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर तोलको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि घटेर तोलाको ९६ हजार १०० रुपैयाँमा कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली सुनचाँदी व्यवसायी महांसघको अनुसार चाँदीको मूल्य पनि घटेर तोलाको १ हजार २२५ रुपैयाँ कायम भएको छ ।

Share News