मर्जर सम्झौता गरेको ६ महिनाभित्रै एकिकृत कारोबार गर्नै पर्ने

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब मर्जर तथा एक्विजिसनमा जाने कम्पनीले ६ महिनाभित्र एकिकृत कारोबार गर्नु पर्ने व्यवस्था गरेको छ । बोर्डले निर्देशिकाको मस्यौदा सार्वजनिक गर्दै ६ महिनाभित्र एकिकृत कारोबार गर्नु पर्ने व्यवस्था गरेको हो । ‘संगठित सस्थाको गाभ्ने/गाभिने वा प्राप्ति कार्य प्रारम्भिक सम्झौता भएको छ महिनाभित्र सम्पन्न गरि सक्नुपर्नेछ,’ मस्यौदामा लेखिएको छ । लगानीकर्ताको [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब मर्जर तथा एक्विजिसनमा जाने कम्पनीले ६ महिनाभित्र एकिकृत कारोबार गर्नु पर्ने व्यवस्था गरेको छ । बोर्डले निर्देशिकाको मस्यौदा सार्वजनिक गर्दै ६ महिनाभित्र एकिकृत कारोबार गर्नु पर्ने व्यवस्था गरेको हो ।

‘संगठित सस्थाको गाभ्ने/गाभिने वा प्राप्ति कार्य प्रारम्भिक सम्झौता भएको छ महिनाभित्र सम्पन्न गरि सक्नुपर्नेछ,’ मस्यौदामा लेखिएको छ ।

लगानीकर्ताको सल्लाह सुझावपछि यसले अन्तिम रुप लिनेछ । बोर्डले सुझावको समय सात दिन तोकेको छ ।

Share News