यस्ता छन् स्वास्थ्य बीमा बोर्डको यस वर्षको कार्यक्रम

<p>काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०७९/८० को प्राथमितकताका कार्यक्रमहरु सार्वजनिक गरेको छ । बोर्डले सोमबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै प्राथमितकताका कार्यक्रमहरु सार्वजनिक गरेको हो । बोर्डले यस वर्ष बाँकी ७ वटा स्थानिय तहहरुमा स्वास्थ्य बीमाका कार्यक्रमहरु विस्तार गर्ने, लक्षित वर्ग बाहेकमा सहभुक्तानी प्रणाली लागु गर्ने, स्वास्थ्य बीमा सूचना प्रणालीमा एपिआइ मार्फत रियल टाइम दावी प्रविष्टिका [&hellip;]</p>

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०७९/८० को प्राथमितकताका कार्यक्रमहरु सार्वजनिक गरेको छ । बोर्डले सोमबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै प्राथमितकताका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

बोर्डले यस वर्ष बाँकी ७ वटा स्थानिय तहहरुमा स्वास्थ्य बीमाका कार्यक्रमहरु विस्तार गर्ने, लक्षित वर्ग बाहेकमा सहभुक्तानी प्रणाली लागु गर्ने, स्वास्थ्य बीमा सूचना प्रणालीमा एपिआइ मार्फत रियल टाइम दावी प्रविष्टिका लागि सबै सेवा प्रदायकको समान इएमआर प्रणाली लागु गर्ने र बीमा सूचनाको परिमार्जन गर्ने कार्यक्रम रहेको छ ।

यसका साथै, बोर्डकाे बीमितहरुको विवरणलाई चुस्त दुरुस्त बनाउन स्मार्ट कार्डको अध्यन गर्ने, विपन्न कार्यक्रमलाई बीमा व्यवस्था सूचना प्रणालीमा आवद्ध गरी संचालन गर्ने, स्वास्थ्य बीमा सम्बन्धी विषयलाई पाठ्य्क्रममा समावेश गर्ने र बीमितको दर्ता अनलाइनमार्फत लागु गर्ने कार्यक्रम रहेको छ ।

Share News