काठमाडौं । सोमबार भारि अंकले बढेर हरियाली बनेको बजार दोस्रो दिन नै राताम्य बनेको छ । यसअघि सोमबार ५६ अंकले बढेको सेयर बजार मंगलबार दोहोरो अंकले घटेको हो । घट्दो बजारमा नाफा बुक गर्ने हावी हुँदा बजार घटेको सेयर लगानीकर्ता बताउँछन् ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४.८३ अंकले घटेर २०४१.०६ अंकमा बन्द भएको छ । यसअघि सोमबार ५५.८८ अंक बढेको सेयर बजार एक दिन पनि थामिएको छैन् ।
निरन्तर ओरालो लाग्दै आएको सेयर बजार सोमबार बढेको थियो । तर, सोमबार बढेको बजार दोस्रो दिन नै ओरालो यात्रामा लागेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणले पनि बजारमा लगानीकर्ताको मनोबल घटाएको घटेको बजारबाट बुझ्न सकिन्छ ।
मंगलबार दिनभरिमा २२१ कम्पनीको ६४ लाख ६ हजार ७३८ कित्ता सेयर ४३ हजार ३९२ पटक किनबेच हुँदा २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
मंगलबार बैंकिङ्ग समूह ०.२५ प्रतिशत, ट्रेडिङ्ग समूह १.७७ प्रतिशत, होटल एण्ड टुरिजम समूह ०.८७ प्रतिशत, विकास बैंक समूह २.६८ प्रतिशत, हाइड्रोपावर समूह ३.१८ प्रतिशत, फाइनान्स समूह २.६२ प्रतिशत, निर्जीवन बीमा समूह १.७१ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.९ प्रतिशत, अन्य समूह ०.७ प्रतिशत, माइक्रोफाइनान्स समूह १.२७ प्रतिशत, जीवन बीमा समूह ०.९१ प्रतिशत, म्युचुअल फण्ड समूह ०.९ प्रतिशत र इन्भेष्टमेन्ट समूह १.५५ प्रतिशत घटेको छ ।
यस्तै, मंगलबार अपर हेवीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यस्तै, आज युनिलिभर नेपालको सेयर मूल्य ५.६२ प्रतिशत घटेको छ । मंगलबार रिडी पावर कम्पनीको सबैभन्दा धेरै ४० करोड ८२ लाख ४७ हजार ८८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।