काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला चार सयले घटेर ९५ हजार ५०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाली सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार ४०० रुपैयाँ थियो ।
नेपाली सुनचाँदी व्यवसायी महासंघको अनुसार चाँदीको मूल्य पनि घटेर तोलाको १ हजार १८५ रुपैयाँ रहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।