काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले आज (भदौ ५ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले १० प्रतिशत अर्थात् ३६ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । कम्पनीको उक्त सेयरमा अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं. ५ चिलिमे, प्रभावित वर्ग आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुका बासिन्दाहरुकाले आवेदन दिन पाउनेछन् ।
कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा भदौ १९ गते र ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ७ सय कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ । साथै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल छन् ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।