सेयर धितो कर्जामा नबिल र ग्लोबलबीच टक्कर, २० बैंकले घटाउँदा ५ ले बढाए

<p>काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म वाणिज्य बैंकहरुले पौने ६५ अर्ब रुपैयाँ बढीको सेयर धितो कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गरेपनि बैंकहरुले भने खासै कर्जा घटाएका छैनन् । अघिल्लो आर्थिक वर्ष (आव) २०७७/७८ को तुलनामा बैंकहरुले १.६९ प्रतिशतले मात्रै सेयर धितो कर्जा घटाएका छन् । बैंकहरुले [&hellip;]</p>

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म वाणिज्य बैंकहरुले पौने ६५ अर्ब रुपैयाँ बढीको सेयर धितो कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गरेपनि बैंकहरुले भने खासै कर्जा घटाएका छैनन् ।

अघिल्लो आर्थिक वर्ष (आव) २०७७/७८ को तुलनामा बैंकहरुले १.६९ प्रतिशतले मात्रै सेयर धितो कर्जा घटाएका छन् । बैंकहरुले अघिल्लो आवमा ६५ अर्ब ९३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेकोमा गत आवमा भने ६४ अर्ब ८१ कराेड रुपैयाँ लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी सेयर धितो कर्जा नबिल बैंकले दिएको छ । सो बैंकले एक वर्षमा २३.३४ प्रतिशतले उक्त कर्जा लगानी घटाएपनि ७ अर्ब ६१ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ । बैंकले अघिल्लो आवमा ६ अर्ब ८ करोड रुपैयाँ लगानी गरेको थियो ।

यस्तै, ग्लोबल आइएमई बैंकले अन्य बैंकको तुलनामा उच्च रुपमा सेयर धितो कर्जा लगानी गरेको छ । अघिल्लो आवमा ७ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको बैंकले गत आवमा भने ४ अर्ब ९९ करोड रुपैयाँ लगानी गरेको देखिन्छ । यद्यपि, बैंकको सेयर धितो कर्जा लगानी भने अघिल्लो आवको तुलनामा ३०.०२ प्रतिशतले घटेको छ ।

एक वर्षको अवधिमा २० वटा बैंकले सेयर धितो कर्जा लगानी घटाएका छन् भने ५ वटा बैंकले बढाएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकले कर्जा लगानी गरेको तथ्यांकमा देखिँदैन । अघिल्लो आवमा सेयर धितो कर्जा लगानी नगरेको नेपाल एसबिआई बैंकले गत आवमा भने ३ करोड २७ लाख रुपैयाँ लगानी गरेको देखिएको छ ।

सबैभन्दा बढी कर्जा घटाउनेमा एभरेष्ट बैंक देखिएको छ । अघिल्लो आवमा २ अर्ब ६९ करोड रुपैयाँ बराबरको सेयर धितोमा ऋण दिएको बैंकले गत आवमा भने ७ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेको छ । जुन प्रतिशतको आधारमा ७२.६९ प्रतिशतले घटी हो ।

नेपाल राष्ट्र बैंकले गत आवको मौद्रिक नीति मार्फत सेयर धितो कर्जामा ४ करोड र १२ करोडको सीमा तोकेको थियो । तर चालु आवको मौद्रिक नीति मार्फत भने बैंकले १२ करोड रुपैयाँको मात्रै सीमा लगाउने व्यवस्था गरेको छ ।

कुनले कति दिए ?

Share News