निरन्तर ओरालो यात्रामा पूँजी बजार, हिमालयन दोलखाको सबैभन्दा धेरै कारोबार

<p>काठमाडौं । निरन्तर ओरालो लागिरहेको पूँजी बजार सोमबार पनि सामान्य अंकले गिरावट आएको छ । दिनभरि बजार घटबढ हुँदा अन्तिम समयमा घटेर बन्द भएको हो । घरजग्गा क्षेत्रमा सुरु भएको मन्दीले पनि सेयर बजारमा असर गरेको लगानीकर्ता बताउँछन् । बैंकिङ्ग क्षेत्रमा तरलताको चाप कायम रहेकाले बैंकहरुले कर्जा प्रवाह रोकेका छन् । बैंकहरुको कर्जा–निक्षेप रेसियो ९० [&hellip;]</p>

काठमाडौं । निरन्तर ओरालो लागिरहेको पूँजी बजार सोमबार पनि सामान्य अंकले गिरावट आएको छ । दिनभरि बजार घटबढ हुँदा अन्तिम समयमा घटेर बन्द भएको हो ।

घरजग्गा क्षेत्रमा सुरु भएको मन्दीले पनि सेयर बजारमा असर गरेको लगानीकर्ता बताउँछन् । बैंकिङ्ग क्षेत्रमा तरलताको चाप कायम रहेकाले बैंकहरुले कर्जा प्रवाह रोकेका छन् । बैंकहरुको कर्जा–निक्षेप रेसियो ९० प्रतिशत भन्दा कम गर्नुपर्ने दबाबका कारण नेप्सेमा प्रभाव पारेको हो ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.४१ अंकले घटेर २०५३.१३ अंकमा बन्द भएको छ । यसअघि हिजो आइतबार नेप्से परिसूचक ७.७२ प्रतिशत घटेर २०६०.५५ अंकमा बन्द भएको थियो । नेप्से एकल अंकले घटेको लगानीकर्तामा अन्यौलता कायम रहेको सेयर जानकार बताउँछन् ।

सोमबार दिनभरिमा २२२ कम्पनीको ५२ लाख ३० हजार ७६३ कित्ता सेयर ३१ हजार ७९५ पटक कारोबार हुँदा १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४३० रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो सोमबार २१८ कम्पनीको ५३ लाख ३९ हजार ४ कित्ता सेयर ४३ हजार ४५५ पटक किनबेच हुँदा २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६८९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

हिजोको तुलनामा सोमबार कारोबार रकम घटेको छ । अधिकांश सूचकहरु पनि राताम्य बनेका छन् ।

सोमबार बैंकिङ्ग समूह ०.११ प्रतिशत, ट्रेडिङ्ग समूह ०.०४ प्रतिशत, होटल एण्ड टुरिजम समूह १.०५ प्रतिशत, विकास बैंक समूह ०.६४ प्रतिशत, निर्जीवन बीमा समूह ०.५७ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह ०.६३ प्रतिशत, अन्य समूह ०.६६ प्रतिशत, जीवन बीमा समूह ०.०३ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.४२ प्रतिशत, हाइड्रोपावर समूह ०.६८ प्रतिशत, फाइनान्स समूह ०.४७ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.३३ प्रतिशत घटेको छ । यता म्युचुअल फण्ड समूह ०.२ प्रतिशत बढेको छ ।

आज उपर हेवीखोलाको सेयर मूल्य १० प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशत बढेको छ । सोमबार एनआइबिएल समृद्धि फण्ड २ को सेयर मूल्य सबैभन्दा बढी घटेको छ । हालै आइपीओ जारी गरेको हिमालयन दोलखा हाइड्रोको सर्वाधिक २८ करोड १८ लाख ७१ हजार ३२६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Share News