काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ (एसआईजीएस२) को इकाई मूल्य समायोजन भएको छ । फण्डको १० प्रतिशत नगद लाभांशको लागि मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात उक्त फण्डको इकाई मूल्य प्रतिइकाई ८.८३ रुपैयाँ कायम भएको छ । यसअघि सो फण्ड प्रतिइकाई ९.८३ रुपैयाँमा कारोबार भएको थियो ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ फण्ड योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल मार्फत सञ्चालन हुँदै आएको छ ।