अभियान लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

<p>काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त भएको छ । सो सम्बन्धमा दुई संस्थाबीच एक आपसमा सम्झौता भएको हो । जसमा कुमारी क्यापिटलका तर्फबाट पुष्प शर्मा र अभियान लघुवित्तको तर्फबाट रोशन कुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने [&hellip;]</p>

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त भएको छ । सो सम्बन्धमा दुई संस्थाबीच एक आपसमा सम्झौता भएको हो ।

जसमा कुमारी क्यापिटलका तर्फबाट पुष्प शर्मा र अभियान लघुवित्तको तर्फबाट रोशन कुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाण्डौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।
संस्थाले ७ वटै प्रदेशका २१ जिल्लामा रहेको ६० वटा शाखा मार्फत लघुवित्त सेवा पदान गर्दै आएको छ । राष्ट्रिय स्तरको अभियान लघुवित्तले सर्वसाधारणलाई सेयर जारी गरे पश्चात चुक्ता पुँजी २५ करोड रुपैयाँ पुर्याएको छ ।

Share News