वन र शिक्षामन्त्रीसहित ३ सचिव विदेश भ्रमण जाँदै

<p>काठमाडौं । दुई मन्त्री र ३ सचिव विदेश भ्रमणमा जाने भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र वन तथा वातावरणमन्त्री प्रदीप यादवसहित ३ जना सचिव विदेश भ्रमणमा जाने भएका हुन् । शिक्षामन्त्री देवेन्द्र पौडेल र सचिव रामकृष्ण सुवेदी भदौ २३ देखि आइभरीकोस्टमा आयोजना हुने ‘ट्रान्फर्मिङ लिट्रेसी लर्निङ स्पेस’सम्बन्धी कार्यक्रममा भाग लिन जान लागेका हुन् । यस्तै, भदौ [&hellip;]</p>

काठमाडौं । दुई मन्त्री र ३ सचिव विदेश भ्रमणमा जाने भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र वन तथा वातावरणमन्त्री प्रदीप यादवसहित ३ जना सचिव विदेश भ्रमणमा जाने भएका हुन् ।

शिक्षामन्त्री देवेन्द्र पौडेल र सचिव रामकृष्ण सुवेदी भदौ २३ देखि आइभरीकोस्टमा आयोजना हुने ‘ट्रान्फर्मिङ लिट्रेसी लर्निङ स्पेस’सम्बन्धी कार्यक्रममा भाग लिन जान लागेका हुन् । यस्तै, भदौ २० देखि २३ गतेसम्म हुने रसियामा हुने दोस्रो टाइगर फोरम सम्बन्धी कार्यक्रममा भाग लिन वन तथा वातावरणमन्त्री प्रदीप यादव र सचिव प्रेम नारायण कँडेल जान लागेका हुन् ।

सचिव रामप्रसाद थपलिया भो बेलायतमा भदौ २२ देखि आयोजना हुने ‘द एक्सपोजर प्रोग्राम एन्ड नलेज सेयरिङ’सम्बन्धी कार्यक्रममा भाग लिन जान लागेका हुन् ।

Share News