एमडीआरटीको वार्षिक बैठकका लागि रिलायन्स लाइफका अभिकर्ता अमेरिका प्रस्थान

<p>काठमाडौं ।  मिलिनियम डलर राउण्ड टेवल २०२२ को वार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्स नमिता न्यौपाने र कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन् । यसपटकको एमडीआरटी कार्यक्रममा अमेरिका जान लागेका नेपालका ३ जना अभिकर्ताहरुमध्ये २ जना अभिकर्ता रिलायन्स लाइफ इन्स्योरेन्सको रहेको कम्पनीले जनाएको छ । बिमा क्षेत्रमा लागेको केही वर्षमै एकपछि [&hellip;]</p>

काठमाडौं ।  मिलिनियम डलर राउण्ड टेवल २०२२ को वार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्स नमिता न्यौपाने र कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन् ।

यसपटकको एमडीआरटी कार्यक्रममा अमेरिका जान लागेका नेपालका ३ जना अभिकर्ताहरुमध्ये २ जना अभिकर्ता रिलायन्स लाइफ इन्स्योरेन्सको रहेको कम्पनीले जनाएको छ ।

बिमा क्षेत्रमा लागेको केही वर्षमै एकपछि अर्को सफलता प्राप्त गर्दै आएका अभिकर्ता लिडरद्वयलाई इन्स्योरेन्सले केन्द्रिय कार्यालयमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले समग्र देश एवं उत्कृष्ट बिमा क्षेत्रको प्रतिनिधित्व गर्दै संसारभरिका उत्कृष्ट बिमा मध्यस्थकर्ताहरुको माझ उपस्थिति जनाउन गइरहेकोमा गर्व गर्दै सो कार्यक्रम तथा भ्रमण क्रममा सिकेका कुरालाई देशमा कार्यरत अन्य बिमा माझ प्रस्तुत गरेर बिमाक्षेत्रको बिकासमा योगदान दिन अनुरोध गरे ।

Share News