प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

<p>काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९५ हजार ८०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली सुनचाँदी व्यवसायी महासघंले सार्वजनिक गरेको विवणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन [&hellip;]</p>

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९५ हजार ८०० रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली सुनचाँदी व्यवसायी महासघंले सार्वजनिक गरेको विवणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन ९४ हजार ८०० रुपैयाँ थियो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघको अनुसार आज चाँदीको मूल्य पनि बढेर १ हजार १७५ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महांसघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

Share News