नेप्सेको सीइओलाई लगानीकर्ताले बुझाए पत्र : शु्क्रबारको कारोबार बन्द गरौं

<p>काठमाडौं । शुक्रबारको कारोबार बन्द गराउन माग राख्दै लगानीकर्ताहरुले नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्ण बहादुर कार्कीलाई ज्ञापन पत्र बुझाएका छन् । बिहीबार ४ जना लगानीकर्ताहरुले मिलेर  सीइओ कार्कीलाई ज्ञापन पत्र बुझाएका हुन् । अन्तर्राष्ट्रिय कानून अनुसारमा पनि विश्वमा ५ दिन मात्रै सेयर कारोबार हुने बताउँदै लगानीकर्ताहरुले शुक्रबारको कारोबार बन्द गराउन अनुरोध गरेका छन् । नेपाल सरकारले [&hellip;]</p>

काठमाडौं । शुक्रबारको कारोबार बन्द गराउन माग राख्दै लगानीकर्ताहरुले नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्ण बहादुर कार्कीलाई ज्ञापन पत्र बुझाएका छन् । बिहीबार ४ जना लगानीकर्ताहरुले मिलेर  सीइओ कार्कीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

अन्तर्राष्ट्रिय कानून अनुसारमा पनि विश्वमा ५ दिन मात्रै सेयर कारोबार हुने बताउँदै लगानीकर्ताहरुले शुक्रबारको कारोबार बन्द गराउन अनुरोध गरेका छन् ।

नेपाल सरकारले आइतबार सरकार मातहतका कार्यालयहरु बिदा दिने निर्णय भएसँगै सेयर बजार पनि आइतबार बन्द गरी शुक्रबार खुलाइएको थियो । तर पछि सरकारले आइतबार बिदा दिने निर्णय फिर्ता लिएसँगै सोही बमोजिम सेयर बजार पनि आइतबार संचालनमा आएको थियो । साथसाथै, नेप्सेले प्रत्येक शुक्रबार २ घण्टा कारोबार संचालन गरिरहेको छ ।

 

 

Share News