काठमाडौं । एनआईविएल एस क्यापिटलले आफ्नो म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलको म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईविएल प्रगति फण्डका इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
क्यापिटलको सञ्चालक समितिको बिहीबार बसेको बैठकले फण्डको इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट कर सहित ४.२० प्रतिशत अर्थात् ३ करोड १५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
क्यापिटलले यसअघि आर्थिक वर्ष २०७७/२०७८ मा ५० प्रतिशत लाभांश वितरण गरेको थियो ।