८५ प्रतिशतसम्म लाभांश दिएको बोटलर्स नेपाल तराईका लगानीकर्ताले ९ वर्षमा कति कमाए ?

<p>काठमाडौं । सन् १९७३ मा विश्व प्रसिद्ध ब्राण्ड कोकाकोला नेपाल भित्रिएको थियो । यसको ६ वर्ष अर्थात् सन् १९७९ मा बोटर्लस नेपाल लिमिटेडको स्थापनासँगै काठमाडौंमा पहिलो र सन् १९८७ मा चितवनको भरतपूरमा दोस्रो उद्योग बोटर्लस नेपाल तराईको स्थापना भएको थियो । बोटलर्स नेपाल (तराई) लिमिटेड बोटलर्स नेपाल लिमिटेडको सहायक कम्पनी हो । यस कम्पनीको कार्यालय [&hellip;]</p>

काठमाडौं । सन् १९७३ मा विश्व प्रसिद्ध ब्राण्ड कोकाकोला नेपाल भित्रिएको थियो । यसको ६ वर्ष अर्थात् सन् १९७९ मा बोटर्लस नेपाल लिमिटेडको स्थापनासँगै काठमाडौंमा पहिलो र सन् १९८७ मा चितवनको भरतपूरमा दोस्रो उद्योग बोटर्लस नेपाल तराईको स्थापना भएको थियो ।

बोटलर्स नेपाल (तराई) लिमिटेड बोटलर्स नेपाल लिमिटेडको सहायक कम्पनी हो । यस कम्पनीको कार्यालय भरतपुर चितवनमा छ । बोटलर्स नेपाल (तराई) झण्डै ५ दशकदेखि नेपालमा सञ्चालनमा रहेको पब्लिक कम्पनी हो ।

बोटलर्स नेपाल (तराई) ले कोकाकोला, स्प्राईट, फ्यान्टा, कोक जीरो तथा किन्ले ब्राण्डमा कार्वोनेट मिश्रित गैर मदिराजन्य हलुका पेय पदार्थ तथा शीलबन्द पिउने पानीको उत्पादन, निर्माण, विक्री, वितरण तथा आपुर्ति गर्ने गर्दछ । बोटलर्स नेपाल (तराई) ले वार्षिक १ करोड ७० हजार इकाई केस उत्पादन बिक्री गरिरहेको छ ।

बोटलर्स नेपाल (तराई) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ‘हट केक’ सेयरका रुपमा लगानीकर्ताले लिएका छन् । कम्पनीको सेयर मूल्य उच्च भएकाले लगानीकर्ताले लागि हट केकका रुपमा लिइन्छ ।

कम्पनी नेप्सेमा सन् २००७ जुलाई २९ तारिखका दिन सूचीकृत भएको हो । बोटलर्स नेपाल (तराई) मा प्रमोटर सेयर ७५ प्रतिशत अर्थात् ९ लाख ७ हजार ५ सय कित्ता र पब्लिक सेयर २५ प्रतिशत अर्थात् ३ लाख २ हजार ५ सय कित्ता सेयर गरी कूल १२ लाख १० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छन् ।

कम्पनीको शुक्रबारको अन्तिम कारोबार प्रतिकित्ता १३ हजार ३५२ रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ । शुक्रबारको कारोबारका आधारमा कम्पनीको बजार पूँजीकरण १६ अर्ब १५ करोड ५९ लाख २० हजार रुपैयाँ रहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०६७/०६८ मा ५५ प्रतिशत, आर्थिक वर्ष २०६८/०६९ मा ८५ प्रतिशत, आर्थिक वर्ष २०६९/०७० मा २२ प्रतिशत, आर्थिक वर्ष २०७०/०७१ देखि आर्थिक वर्ष २०७३/०७४ सम्म निरन्तर ४ वर्ष २५ प्रतिशत र आर्थिक वर्ष २०७४/०७५ र आर्थिक वर्ष २०७५/०७६ मा ४०/४० प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

नेप्सेमा थोरै पूँजी भएका कम्पनीले सेयर मूल्यका आधारमा अन्य कम्पनीलाई चुनौति थपिएको छ । पूजी कम भएपनि राम्रो प्रतिफल वितरण गर्ने भएकाले सेयरधनीको आकर्षणमा यस्ता कम्पनी पर्ने गर्छन् ।

बोटलर्स नेपाल तराई ९ वर्षको अवधिमा हालसम्म नगद लाभांश मात्रै वितरण गर्दै आएको छ । कम्पनीको सेयरमा ९ वर्ष अघि १ लाख रुपैयाँ लगानी गर्ने लगानीकर्तालाई लखपति बनाएको छ । कम्पनीमा ९ वर्ष अघि १ लाख रुपैयाँमा १ हजार कित्ता सेयर किनेको ब्यक्तिले साढे ३ लाख रुपैयाँ नगद प्रतिफल प्राप्त गरेका छन् ।

यद्यपि, ९ वर्ष अगाडि १ लाख रुपैयाँमा कम्पनीको १ हजार कित्ता सेयर पाउन असम्भव थियो । तर, ९ वर्ष अगाडि कम्पनीको वास्तविक सेयर मूल्य प्रतिकित्ता ७ सय रुपैयाँदेखि १ हजार रुपैयाँको हाराहारीमा थियो । यदि नेप्सेमा सूचीकृत संस्थापक सेयरधनीसँग १ हजार कित्ता सेयर थियो भने २०६७/६८ पछिको नगद लाभांश मात्रै गणना गर्दा १ लाख लगानी गर्दा ९ वर्ष पछि ३ लाख ४२ हजार रुपैयाँ प्रतिफल आर्जन गरेको छ ।

यद्यपि, २०६८ मा कम्पनीको सेयर मूल्य ७४५ रुपैयाँ थियो । सो समयमा प्रतिकित्ता ७४५ रुपैयाँमा १ सय कित्ता सेयर खरिद गरेर हालसम्म होल्ड गरेका सेयरधनीको सेयर मूल्य १३ लाख ३५ हजार रुपैयाँ पुगेको छ । जस्तै, कुनै सेयरधनीले २०६८ साल अर्थात् ११ वर्ष अघि प्रतिकित्ता ७४५ रुपैयाँमा १ सय कित्ता खरिद गर्दा ७४ हजार ५ सय रुपैयाँ लगानी गरेका थिए भने हालको सेयर मूल्य अनुसार सो सेयरधनीको सेयर मूल्य १३ लाख ३५ हजार रुपैयाँ पुगेको छ । तर, कम्पनीको सेयर मूल्य साढे १७ हजार भन्दा माथि पुगेको थियो ।

Share News