नेप्से परिसूचक दोहोरो अंकले घट्दा ५८ प्रतिशतले बढ्यो सेयर कारोबार

<p>काठमाडौं । आइतबारको सेयर बजारमा नेप्से परिसूचक घटेको छ भने कारोबार रकम बढेको छ । पछिल्लो कारोबारको तुलनामा परिसूचक ३३.३६ अंकले घटेको छ भने कारोबार रकम ५८.९१ प्रतिशतले बढेको छ । गत शुक्रबारको तुलनामा आइतबारको नेप्से परिसूचक १.६५ प्रतिशतले घटेर १९८९.२६ बिन्दुमा झरेको छ । त्यस्तै, आइतबार कारोबारमा २ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर [&hellip;]</p>

काठमाडौं । आइतबारको सेयर बजारमा नेप्से परिसूचक घटेको छ भने कारोबार रकम बढेको छ । पछिल्लो कारोबारको तुलनामा परिसूचक ३३.३६ अंकले घटेको छ भने कारोबार रकम ५८.९१ प्रतिशतले बढेको छ ।

गत शुक्रबारको तुलनामा आइतबारको नेप्से परिसूचक १.६५ प्रतिशतले घटेर १९८९.२६ बिन्दुमा झरेको छ । त्यस्तै, आइतबार कारोबारमा २ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत शुक्रबारको तुलनामा ७६ करोड रुपैयाँले बढी हो । शुक्रबार २१३ वटा स्क्रिप्सको १ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबार कारोबारमा आएका स्क्रिप्सको संख्या बढेसँगै कारोबार रकम पनि बढ्न पुगेको हो । दिनभरमा २२४ वटा स्क्रिप्सहरु कारोबारमा आएका थिए । जसमध्ये सबैभन्दा बढी कारोबार हुनेमा अरुण काबेली पावर रहेको छ । कम्पनीको एकैदिन १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सर्वाधिक कारोबार भएको कम्पनीको सेयर मूल्य भने ६ रुपैयाँले घटेर प्रतिकित्ता ४६४ रुपैयाँमा झरेको छ ।

दोहोरो अंकले घटेको बजारमा रुरु जलविद्युत परियोजनाको सेयरमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले अर्थात १०४.४० रुपैयाँले घटेर प्रतिकित्ता ९३९.६० रुपैयाँमा झरेको छ । त्यस्तै, बढी गुमाउनेको दोश्रोमा अपर हेवाखोला हाइड्रोपावर कम्पनी छ । कम्पनीको सेयर मूल्य ७.०३ प्रतिशतले घटेर ३५७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

बजारमा टप गेनरको शीर्ष स्थानमा राधी विद्युत कम्पनी छ । कम्पनीको सेयर मूल्य ५.९० प्रतिशतले बढेर २९८ रुपैयाँ पुगेको छ ।

आइतबार म्युचुअल फण्ड बाहेक कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । म्युचुअल फण्ड सामान्य अंकले बढ्दा निर्जीवन बीमा समूह १६५.९४ अंकले घटेको छ ।

Share News