काठमाडाैं । आइतबार पिपुल्स पावरको प्राथमिक सेयर बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले सर्वसाधरणकाे लागि जारी गरेको प्राथमिक सेयरको निष्काशनमा २२ लाख ९४ हजार ६८२ कित्तकाे लागि १६ लाख ३१ हजार ३८ वटा आवेदन परेकाे थियाे ।
आवेदन दिने ७ हजार ६ सय ३ वटा आवेदनहरुबाट १३ लाख ८१ हजार ९ सय कित्ताको लागि जम्मा आवेदन परेको थिए ।
आवेदन मध्ये दोहोरो आवेदनका कारण रद्ध भएका १ हजार ६ सय ८ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ३ हजार ५ सय ४ बाहेक बाँकी रहेका योग्य आवेदनहरु १५ लाख ५१ हजार ४ सय १३ जना थिए । जस मध्येबाट २ लाख २९ हजार ४ सय ६६ जनालाई १०-१० कित्ता र दुई जनालाई ११ कित्ता परेकाे थियाे ।
पिपुल्स पावरले प्रभु क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्धकमा राखी साउन ३१ गते देखि भदाै ५ गतेसम्म सार्वजनिक सेयर खुला गरेकाे थियाे । बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट र तथा सिडिएससिको वेवसाइट बाट हेर्न सकिने छ ।