काठमाडौं । स्मार्ट चोइस टेच्नोलोजीस (एससीटी) ले दर खाने दिनमा दरो अफर लिएर आएको छ । तीजलाई लक्षित गरि ल्याइएको उक्त अफर भदौ १३ गते मात्रै लागू हुने छ ।
यो दरो अफर अन्तर्गत स्मार्ट क्युआर मार्फत जुनसुकै मर्चेन्टलाई भुक्तानी गर्दा १० प्रतिशत (१०० रुपैयाँसम्म) तत्काल छुट पाउने छन् । त्यस्तै, एससीटी-यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत (रु १०० सम्म ) क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिँदै आएको छ ।